‘आशिकी ३’मा कार्तिक आर्यन र सारा अली खानकाे जोडी पक्का ?

काठमाडौं । सन् १९९० मा रिलिज भएको बलिउड फिल्म ‘आशिकी’ले दर्शकमाझ निकै लोकप्रयता बटुलेको थियो । उक्त फिल्ममा अनु अग्रवाल र राहुल रोय मुख्य भूमिकामा देखिएका थिए ।
त्यसपछि सन् २०१३ मा यसको दोस्रो सिक्वेल ‘आशिकी २’ पनि रिलिज भयो । यो सिक्वेलमा श्रद्धा कपुर र आदित्य रोय कपुरको केमेस्ट्री निकै रुचाइएको थियो । फिल्मका गीतले पनि निकै चर्चा बटुले।
दोस्रो सिक्वेलको सफलता पछि अहिले तेस्रो सिक्वेलको निर्माण घोषणा भइसकेको छ । साथै ‘आशिकी ३’का लागि अभिनेता कार्तिक आर्यन प्रमुख भूमिकामा अनुबन्धित भइसकेका छन् ।
हालै यो फिल्मलाई लिएर एउटा ठूलो अपडेट आएको छ । मिडिया रिपोर्टका अनुसार निर्माताहरुको अभिनेत्री खोज्ने काम पनि सकिएको छ । यो फिल्ममा कार्तिक आर्यन सँगै मुख्य अभिनेत्रीका रुपमा सारा अली खान हुने भएकी छन् ।
‘आशिकी ३’ का निर्माता सारालाई कार्तिकको अभिनेत्रीका रुपमा राख्न चाहन्छन् र उनीसँग कुराकानी गरिरहेका छन्। यदि साराले कार्तिकसँग स्क्रिन स्पेस सेयर गर्ने प्रस्ताव स्वीकार गर्छिन् भने, यो उनीहरूको फ्यानहरूका लागि भिजुअल ट्रीट भन्दा कम हुनेछैन। यद्यपी यस विषयमा निर्माताहरुबाट अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन ।
साराले अफर स्वीकार गरेमा कार्तिक(साराको यो दोस्रो सँगै फिल्म हुनेछ । यसअघि दुवै जना इम्तियाज अलीको २०२० फिल्म ‘लभ आजकल २’ मा सँगै देखिएका थिए ।
फिल्म रिलिजपछि दुवैको अफेयरको खबर पनि आएको थियो ।
















काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
आज पनि घट्याे सेयर बजार
गुप्तचर साझेदारीमा अमेरिका–दक्षिण कोरिया तनाव
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
प्रतिक्रिया