लमजुङमा अलैंची बिक्रीबाट २० करोड आम्दानी

लमजुङ। लमजुङका अलैंची किसानले अलैंची दाना बिक्रीबाट २० करोड आम्दानी गरेका छन् । जिल्लामा यस बर्ष तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो ।
२०४१ सालदेखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट सो रकम आम्दानी भएको हो । यस वर्ष किसानले प्रतिकिलो अलैँची कम्तीमा पाँच सय ५० देखि सात सयसम्ममा र गत वर्ष नौ सय ५० देखि एक हजार पाँच सय बढी मूल्यमा बिक्री गरेका थिए ।
यसअघि उनीहरुले सबैभन्दा बढी ०७७ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका थिए । अलैंची ब्यवसायी महासघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङका अनुसार गत वर्ष किसानले तीन सय ३५ मेट्रिक टन अलैँची बिक्रीबाट १५ करोड आम्दानी गरेका थिए ।
२०७६ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची बिक्री गरेर कृषकले १२ करोड आम्दानी गरेका थिए । २०७५ मा सात सय ५० क्विन्टल बिक्रीबाट कृषकले पाँच करोड २५ लाख आम्दानी गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष जिल्लाका अधिकांश किसानको अलैँची उत्पादनमा वृद्धि भएको बताइएको छ ।
















‘स्वास्थ्य चुनौती सम्बोधन गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य’:स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मेहता
धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया