सोमबार, मंसिर ८, २०८२

सिन्दुर र मङ्गलसूत्र नलगाएपछि ट्रोल भइन कियारा आडवाणी

मेरोन्यूज २०७९ फागुन १५ गते १७:०८

काठमाडौं । बलिउड अभिनेत्री कियारा आडवाणी बिवाहदेखि नै चर्चामा छिन् । हालै उनी आफ्नो पहिरनका कारण ट्रोल भइरहेकी छन् । कियारा मुम्बईमा एक कार्यक्रममा सहभागी भएकी थिइन्, जहाँ उनले रेड कार्पेटमा ग्ल्यामरस लुकमा देखिएकी छिन् । तर, उनको यो लुक धेरैलाई मन परेन र उनलाई ट्रोल गर्न थालियो ।

इभेन्टको सार्वजनिक भिडियोमा कियारा रातो हाई स्लिट अफ शोल्डर गाउनमा पोज दिईरहेकी छिन् । उनले हल्का मेकअप र सुनौलो हिल लगाएर आफ्नो लुक पूरा गरेकी थिइन् तर सिन्दुर र मङ्गलसूत्र बिना देखेर प्रयोगकर्ताले उनको खुब आलोचना गरिरहेका छन् ।

एक प्रयोगकर्ताले टिप्पणी गरे, ‘विवाहित महिलाले जस्तै सिंदूर र चुरा लगाउँदा के समस्या छ, करीना कपूर पनि सारी र सिंदूरमा बस्छिन्, उनी कति सुन्दर देखिन्छिन्।’

त्यस्तै कयौंले कियाराको यो ड्रेसलाई उनको रिसेप्शन ड्रेसभन्दा पनि राम्रो भनेका छन् ।

प्रतिक्रिया