सन्दीप लामिछाने विदेश जान पाउने सर्वोच्चको फैसला
मेरोन्यूज
२०७९ फागुन १५ गते १७:३७

काठमाडौँ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ । उनलाई सर्वोच्चले विदेश जानका लागि अनुमति दिएको छ । विदेश जान पाउने भन्दै लामिछानेले सर्वोच्चमा निवेदन दर्ता गराएका थिए ।
सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको निर्णय सदर गरेको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले धरौटीमा छाड्ने आदेश पनि सदर गर्ने फैसला गरेको हो ।
सर्वोच्च अदालतको आदेशमा ‘विदेश गएको अवस्थामा फर्केको १५ दिनभित्र जिल्ला अदालत काठमाडौंमा जानकारी दिनु’ भनिएको छ ।
उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पनि सर्वोच्चमा निवेदन दिएको थियो । सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो ।
सम्बन्धित















President, Vice President’s messages on Ram Navami festival
वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै ६ खर्बको आयात
Balendra Shah appointed as Prime Minister
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया