कांग्रेसबाट यी नेता छन् मन्त्रीका आकांक्षी
नेतृत्व कसले गर्ने भन्नेमा अन्याैल

काठमाडौँ । प्रतिनिधि सभाको दोस्रो ठूलो दल नेकपा एमालेका ८ मन्त्रीले राजीनामा बुझाएका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीले छाडेका मन्त्रालय र एमालेले छाडेका मन्त्रालय गरी प्रधानमन्त्री पुष्पकमल दाहालले १६ मन्त्रालय आफैले सम्हालेका छन् ।
अब ती मन्त्रालयमा मन्त्री बनाइहाल्नु पर्ने बाध्यता उनीसामू छ । अहिले प्रधानमन्त्री दाहालसँग गत माघमा रवि लामिछानेको सांसद र मन्त्री पद गएपछि आफैले सम्हालेको गृह मन्त्रालयसहित वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास र कानुन, न्याय तथा संसदीय मामिला,अर्थ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रक्षामन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय छन् ।
यी मन्त्रालयमा दैनिक कामकाज चलाउन पनि मन्त्रीले गर्नुपर्ने निर्णय गर्दा दाहाललाई फूर्सद हुँदैन । तसर्थ उनी छिटोभन्दा छिटो कांग्रेस र अन्य दललाई सरकारमा ल्याउन चाहेका छन् ।
अन्य दलमा भन्दा कांग्रेसबाट सरकारमा को को सहभागी हुन्छन् र कसले सरकारको नेतृत्व गर्छ भन्नेमा धेरैको चासो देखिन्छ ।
अहिले कांग्रेसबाट सरकारको नेतृत्वमा उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह पार्टीको तर्फबाट सरकारको नेतृत्व गरेर जानेमा चर्चामा छ । तर, उपसभापति खड्काले आफू सरकारमा जाने सोँचमा नरहेको र सरकारमा जाने दाबी पनि नभएको सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । खड्काले मन्त्री नहुने भनि २०७२ सालमा प्रतिवद्धता पनि गरेका थिए ।
अब बाँकी सिंह र निधि रहे । तर कांग्रेस नेताहरू डा. शेखर कोइरालाले पनि सरकारमा नेतृत्व गरेर जान सक्ने बताउँछन् । उनले परराष्ट्र मन्त्रालय दाबी गर्छन् । केहीले त डा. आरजु राणा देउवाको नेतृत्वमा पनि कांग्रेस सरकारमा जान सक्ने बताउँछन् । तर, उनी अरु नेताभन्दा जुनियर भएकाले त्यो सम्भावना नभएको भन्नेहरू पनि कांग्रेसमा कमि छैन ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवर्तमान आफू नेतृत्वको सरकारमा मन्त्री भएकाहरूलाई दोहो¥याउने पक्षमा छैनन् । उनी प्रत्यक्षतर्फ निर्वाचित अनुहारलाई प्राथमिकता दिने पक्षमा छन् । त्यति हुँदा देउवा सरकारमा मन्त्री भएका ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, दिलेन्द्र बडु स्वतः बाहिरिने छन् ।
कांग्रेसमा सभापति देउवासँग अहिलेसम्म प्रत्यक्ष निर्वाचितहरू सहमहामन्त्री किशोर सिंह राठोर, नेताहरु प्रदीप पौडेल, एनपी साउद बीरबहादुर बलायर, मोहन बस्नेत, रामहरि खतिवडाले मन्त्रीमा आकांक्षा देखाएका छन् । महिलातर्फ प्रत्यक्ष निर्वाचित एकमात्र सांसद सीता गुरुङ पनि मन्त्री बन्ने लाइनमा छिन् ।
मधेसबाट दिनेश यादव, रमेश रिजाललगायतले आकाक्षा देखाएका छन् ।
संस्थापनइतरबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, सञ्जय गौतम, डिगबहादुर लिम्बु, रामनाथ अधिकारी, सुनिल शर्मा, दीपक खड्कालगायत सांसद मन्त्रीका आकांक्षी छन् ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया