विदेशबाट पठाइएको पैसा अब ग्राहकहरुले सिधै आइएमई पे वालेटमा पाउने

काठमाडौं । आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउन सक्नेछन् ।
सम्झौता ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट् बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ गरिएको हो । यस सुबिधा केही समय पछि लाईभ हुनेछ र लागु गरे पछि ग्राहकवर्गहले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सकिनेछ ।
आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई।एम।ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।















यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया