आइतबार, मंसिर ७, २०८२

फिल्म निर्माण गर्दै प्रकाश सपूत

मेरोन्यूज २०७९ फागुन १६ गते १६:५२

काठमाडौं । लोकप्रिय गायक प्रकाश सपूतले फिल्म निर्माण गर्ने भएका छन् । ‘परदेशी २’ प्रदर्शन भएपछि छायांकन थाल्ने तयारीसहित उनले अहिले स्क्रिप्ट लेखिरहेका छन् । आगामी बैशाखमा उनले फिल्मको नाम घोषणा गर्ने तयारी गरेका छन् ।

फेसबुकमा एक स्टाटस पोस्ट सेयर गर्दे उनले फिल्म निर्माणको योजनातर्फ संकेत देखाएका थिए । उनले लेखेका छन्, ‘बीचमा अलिकति अलमलिएँ । अब चाहिं नयाँ पागलपन सुरु भएको छ । पागलपनभित्र पाक्दैछ नयाँ परिकार । प्रतीक्षा गर्नुहोला ।’

सपुतले आफ्ना अघिल्ला अन्तर्वार्तामा समेत फिल्म निर्माणको योजनाबारे संकेत गरेका थिए ।

केही समयअघि उनले अभिनेत्री केकी अधिकारीसँग मिलेर फिल्म निर्माण गर्न लागेको खबर बाहिरिएको थियो । उनीहरुबीच यही फिल्ममा व्यावसायिक सहकार्य हुन सक्ने सम्भावना पनि रहेको स्रोतको भनाई छ ।

प्रकाशले फिल्म ‘परदेशी २’बाट नायकको रुपमा डेब्यू गरिसकेका छन् । तर, यो फिल्मको रिलिज पटक पटक सर्दै गइरहेका्े छ।

प्रतिक्रिया