शाहरुख खानकी श्रीमती गौरीविरुद्ध उजुरी, पैसा हिनामिना गरेको आरोप

काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खानकी श्रीमती गौरी खान कानुनी विवादमा परेकी छन् । भारत लखनउमा एक व्यक्तिले गौरी खानसहित ३ जनाविरुद्ध मुद्दा दर्ता गरेका छन् ।
गौरी ब्राण्ड एम्बेसडर रहेको कम्पनी (तुल्स्यानी कन्स्ट्रक्सन एण्ड डेभलपर्स लिमिटेड) ले ८६ लाख रुपैयाँ लिएर अहिलेसम्म फ्ल्याट नदिएको मुम्बईका जसवंत शाहले आरोप लगाएका छन् । यो फ्ल्याट तुलसियानी गोल्ड भ्यू, सुशान्त गल्फ सिटी, लखनउमा अवस्थित छ। गौरीले पैसा हिनामिना गरेको आरोप लगाउँदै ती व्यक्तिले लखनऊ प्रहरी चौकीमा उजुरी दिएका छन् ।
भारतिय मिडियाका अनुसार उक्त व्यक्तिले उजुरीमा आफूसँग पैसा लिए पनि यो फ्ल्याट अरु कसैलाई दिएको दाबी गरेका छन् । उजुरीकर्ताले गौरी खान बाहेक तुलस्यानी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख एमडी अनिलकुमार तुलस्यानी र निर्देशक महेश तुलस्यानीविरुद्ध पनि किटानी जाहेरी दिएका छन् । ब्राण्ड एम्बेसडर गौरीको प्रचारबाट प्रभावित भएर शाहले उक्त फ्ल्याट किनेको उजुरीमा उल्लेख छ ।
यस विषयमा गौरी खानको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया