कृषि विकास बैंकले बोलायो साधारण सभा

काठमाडौं । कृषि विकास बैंकले चैत्र १४ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले भक्तपुरको बोडे स्थिति बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा सभा आह्वान गरेको हो ।
सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने २ प्रतिशत बोनस र कर सहित ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरिनेछ । यस्तै अग्राधिकार सेयरधनीलाई ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरिने छ ।
यस्तै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण पेश गरेर पास गरिनेछ ।
सभाले आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।
सभाका लागि फागुन ३० गते बुक क्लोज गर्ने बैंकले जनाएको छ । फागुन २९ गतेसम्म कायम रहने सेयरधनीले तोकेको लाभांश पाउनेछन् । सभा केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।















आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
भिरबाट लडेर वडासदस्यको मृत्यु
मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया