बिहीबार, चैत १२, २०८२

सोल्टी होटलको बोनश शेयरधनीको खातामा

मेरोन्यूज २०७९ फागुन १९ गते १३:३०

काठमाडौं । सोल्टी होटल लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ । होटलले एक सुचना जारी गर्दै पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा पठाएको जनाएको हाे ।

Advertisement
nepal life insurencenepal life insurence

पुस ७ गते सम्म शेयर अभौतिकीकरणमा गराएका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ। भने, त्यसपछि पछि शेयर अभौतिकीकरण गराएको शेयरधनीको हकमा पनि क्रमश जम्मा हुने कम्पनीले जानाएको छ ।

साथै हाल सम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले आफ्नो शेयर अभौतिकीकरण गराएपछि मात्रै बोनस शेयर हितग्राही खातामा नै जम्मा हुनेछ ।

प्रतिक्रिया