बिहीबार, चैत १२, २०८२

अमेरिकी डलर घट्यो, यस्ताे छ आजकाे विनिमय दर

मेरोन्यूज २०७९ फागुन २१ गते १०:४३

काठमाडौं। साताकाे पहिलाे दिनकाे काराेबार अर्थात आइतबार डलरसँगै युरोको भाउ पनि घटेको छ। 

Advertisement
nepal life insurencenepal life insurence

नेपाल राष्ट्र बैंकका अनुसार आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८५ पैसा  र बिक्रीदर १३१ रुपैयाँ ४५ पैसा तोकिएको छ। यसअघि शुक्रबार डलरको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा कायम गरिएको थियो । 

आइतबार युरोपियन युरोको खरिददर १३८ रुपैयाँ ८२ पैसा  र बिक्रीदर १३९ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । शुक्रबार युरोको खरिददर १३९ रुपैयाँ ९८ पैसा  र बिक्रीदर १४० रुपैयाँ ६१ पैसा रहेको थियो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५६ रुपैयाँ ९० पैसा र बिक्रीदर १५७ रुपैयाँ ६२ पैसा तोकिएको छ। यसअघि शुक्रबारको कारोबारमा बेलायति पाउण्डको खरिदमूल्य १५७ रुपैयाँ ७३ पैसा र बिक्रीमूल्य १५८ रुपैयाँ ४५ पैसा तोकिएको छ । 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ९० पैसामा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ २ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७९ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ २३ पैसा र बिक्रीमा २९ रुपैयाँ ३७ पैसामा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ १९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १५ पैसा तोकिएको छ। त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ६ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ६५ पैसामा किनबेच भएको छ।

प्रतिक्रिया