सुपर मादी हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार सुरु
मेरोन्यूज
२०७९ फागुन २१ गते १२:१९

काठमाडौं। सुपर मादी हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार आजदेखि सुरु भएको छ । ‘एसएमएचएल’ संकेतमा यसको सेयर कारोबार खुला भएको छ ।
कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९९ रुपैयाँमा भएको हो ।
नेपाल स्टक एक्चेजले सुपर मादीको पहिलो कारोबारका लागि न्यूनतम ९९ रुपैयाँ ८० पैसादेखि अधिकतम २९९ रुपैयाँ ४० पैसासम्म रेन्ज तोकेको थियो । उक्त रेन्जको माथिल्लो विन्दुबाट यसको कारोबार खुला भएको हो ।
कम्पनीको चुक्ता पुँजीका आधारमा कायम २ करोड १० लाख कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको थियो ।
सम्बन्धित















२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया