‘बाहुबली-२’ को रेर्कड तोड्दै ‘पठान’ बन्यो सर्वाधिक कमाउने हिन्दी फिल्म

शाहरुख खानको ‘पठान’ले ‘बाहुबली-२’ को रेर्कड तोडेर एक अर्को इतिहास रचेको छ । ‘पठान’ले रिलिज भएको ३८ दिनमा ५११.७० करोड भारु कमाएर यो र्कितिमान राखेको हो । यो सँगै फिल्म हिन्दी भाषामा सर्वाधिक कमाउने पहिलो फिल्म बनेको छ ।
‘बाहुबली-२’ को हिन्दी संस्करणको लाइफटाइम कलेक्सन ५१०.९० करोड थियो । पठानको तमिल र तेलुगुको अंक जोड्ने हो भने यसको कुल घरेलु कलेक्शन ५२९.९६ भारु करोड पुगेको छ ।
अर्कोतर्फ, विश्वव्यापी कलेक्शनको कुरा गर्दा पठानको कुल व्यापार १०२६ करोड भारु पुगेको छ ।
२०१७ मा रिलिज भएको बाहुबली-२ ले हिन्दी भाषामा सर्वाधिक कमाउने नयाँ कृतिमान स्थापना गरेको थियो । यसपिछ अहिले सम्म कुनै फिल्मले यो कीर्तिमान तोड्न सकेका थिएनन्। र चार वर्षपछि फिल्मी पर्दामा कमब्याक गरेका शाहरुखले यो नयाँ कीर्तिमान बनाएका छन् ।
पठानले रिलिज भएको ३८ दिन बितिसक्दा पनि हलमा राम्रो व्यापार गरिरहेको छ ।
एजेन्सी









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया