बिहीबार, चैत १२, २०८२

जनउत्थान सामुदायिक लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न डाक्यो एजीएम

मेरोन्यूज २०७९ फागुन २१ गते १६:३०

काठमाडौं। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको चैत २६ गते वार्षिक साधारण सभा बस्ने भएको छ । 

Advertisement
nepal life insurencenepal life insurence

सभामा गत वर्षको नाफाबाट १५.७८ प्रतिशत लाभांश वितरण गर्ने छ। कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

सभा प्रयोजनका लागि चैत १० गते बुक क्लोज हुनेछ । तसर्थ, चैत ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् । 

सभा होटल न्यू ईरा बुटवलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया