यूएईविरुद्ध नेपालको सानदार जित
विश्वकप छनोट खेल्ने सम्भावना कायमै

काठमाडौँ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत आजको खेलमा नेपाल विजयी भएको छ । नेपालले यूएईलाई ४२ रनले पराजित गरेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा आफ्नो पक्षमा जित निकालेसँगै शीर्ष तीनमा रहेर विश्वकप छनोट खेल्ने सम्भावना कायमै राखेको छ ।
नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएई १८७ रन बनाउँदै अल आउट भएको हो । नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २२९ रनको योगफल बनाएको थियो ।
नेपालका लागि भीम सार्कीले अर्धशतक बनाए । उनले ९९ बल खेल्दै ७० रन बनाए भने सन्दीप लामिछाने २७ रनमा आउट भएका थिए । यस्तै, कुशल मल्लले ३२ बनाउँदा करन केसीले १७ रन बनाए ।
बलिङतर्फ सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए । यस्तै, करण केसी, सन्दीप लामिछाने, आसिफ शेख र कुशल मल्लले १–१ विकेट लिए ।
यूएईका लागि आसिफ खानले ११५ बलमा ८२ रन बनाए ।
















आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
लुम्बिनी प्रदेश सभाकी सांसद शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
आज सोमबार यी राशिहरूलाई मिल्न सक्छ लाभ ? हेर्नुहोस् राशिफल
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया