तनहुँमा व्यास खुला म्याराथन हुने
तनहुँ । जिल्लाको व्यास नगरपालिकाको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर बुधबार बिहान तेस्रो महिला हाफ खुला म्याराथन हुँदैछ ।
उक्त म्याराथनमा भाग लिन ४६ धावकले नाम दर्ता गराएका छन् । उनीहरुलाई आज प्रशिक्षणसमेत दिइएको छ ।
म्याराथन दौडिने क्षेत्र व्यास ३ व्यासगुफादेखि व्यास ११ तनहुँसूरबारे उनीहरुलाई जानकारी गराइएको व्यासका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।
व्यास गुफादेखि सफासडक हुँदे तालघरे, मुसेखोला, घाँसीकुँवा, परासर मार्गको सेरा, बेलटारी, अर्चलचौर, धरमपानी हुँदै तनहुँसुर दरबार पुगेर दौड सम्पन्न हुनेछ ।
प्रतियोगितामा प्रथम हुने धावकले ४१ हजार, द्वितीयले ३१ हजार, तृतीयले २१ हजार तथा सान्त्वना पुरस्कार स्वरुप तीनजनालाई जनही ११ हजार प्रदान गरिने व्यास नगरपालिका नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । धार्मिक र ऐतिहासिक क्षेत्र जोड्न तथा पर्यटन प्रवर्द्धन गर्न नगरपालिकाले म्याराथनको आयोजना गर्दै आएको उनले बताए ।
















दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चैत्र शुक्ल नवमी : आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना
आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया