एकदिवसीय अन्तर्राष्ट्रियमा आसिफ शेखको १ हजार रन पूरा

काठमाडौँ । आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका छन् । उनी एकदिवसीय अन्तर्राष्ट्रियमा हजार रन पूरा गर्ने नेपालको दोस्रो खेलाडी बनेका छन् । क्रिकेट विश्वकप लिग–२ मा पपुवा न्यु गिनीविरुद्ध शुक्रबार ९० रन बनाएसँगै उनले १ हजार रन पूरा गरेका हुन् ।
रोहित पौडेलको ४० खेलको तुलनामा आसिफले ३२ खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका हुन् । आसिफले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ९० बल खेली १० चौका र २ छक्का प्रहार गरिसकेका छन् । आसिफ ९९ रन बनाएर खेलिरहेका छन् ।
आसिफ र कुशल भुर्तेलसँग पहिलो विकेटमा १ सय १० रनको साझेदारी गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली ओपनिङ जोडिको यो दोस्रो ठूलो साझेदारी हो । यी दुईले नै गत वर्ष अमेरिकाको हृयुस्टनमा ओमानविरुद्ध १ सय १४ रनको साझेदारी गरेका थिए ।
आसिफले नेपालबाट सर्वाधिक ९ अर्धशतक बनाइसकेका छन् । सन् २०२१ को सेप्टेम्बरमा ओमानविरुद्ध मस्कटमा ९० रन बनाउनु आसिफको यसअघिको व्यक्तिगत उच्च स्कोर थियो ।
आसिफले अघिल्लो साता पपुवा न्यु गिनीविरुद्ध नै लिग २ को खेलमा दुबईमा अविजित ८६ रन बनाएका थिए ।
















सामान्य प्रशासन, भूमि व्यवस्थामन्त्रीमा प्रतिभा रावल
Newly-appointed Prime Minister Shah takes oath before President Paudel
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
अमेरिका मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति बढाउँदै
नवनियुक्त मन्त्रीहरुले लिए शपथ
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया