आसिफ र सन्दीप चम्किँदा पीएनजीविरुद्ध नेपालको सहज जित

काठमाडौँ । विश्वकप लिग २ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ५२ रनले विजयी भएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ बल बाँकी हुँदै अलआउट भएर २९७ रन जोडेको थियो । यो स्कोर एक दिवसीय क्रिकेट इतिहासमा नेपालको अहिलेसम्मकै उच्च हो ।
जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भएको हो नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ र कुशल भुर्तेलले १ विकेट लिएका थिए ।
आसिफ शेखले एक दिवसीय क्रिकेट करिअरको पहिलो शतक प्रहार गर्दै ११० बलमा १२ चौका र २ छक्का मद्दतमा ११० रन बनाए ।
आजको जितसँगै नेपालले ३३ खेलबाट १६ जित र १५ हारको नतिजासहित ३४ अंक जोडेको छ । शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट हुन नेपालले बाँकी तीनै खेलमा जित हात पार्नु पर्ने हुन्छ ।
नेपालका लागि कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४ र रोहित पौडेलले ३० रनको योगदान गरे ।
















इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते, मध्यपूर्वमा द्वन्द्व तीव्र
टोटल इनर्जिज र लक्ष्मी ल्युब आयलद्वारा ललितपुरमा टोटल क्वार्ट्ज अटो सर्भिसेजको आउटलेट स्थापना
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
दुई सातादेखि हराइरहेका पुरुषकाे शव फेला
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया