सोमबार, माघ १९, २०८२

कैलारीबाट लागूऔषधसहित एक जना पक्राउ

मेरोन्यूज २०७९ फागुन २६ गते १७:५१

धनगढी । कैलालीको कैलारी गाउँपालिकाबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन् । कैलाली गाउँपालिका–३ मोहनपुरबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका हुन् ।

१० ग्राम लागूऔषधसहित भारत घर भएका २० वर्षीय नदिन खानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया