छुवाछूत गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग
काठमाडौँ । विभिन्न राजनीतिक दलनिकट भ्रात्रृ संगठन र दलित संघ÷संस्थाहरूले सिरहा जिल्लामा भएको छुवाछूतसम्बन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारवाही गर्न माग गरेका छन् ।
नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा, नेपाली कांग्रेस निकट दलित सेवा संघ, नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेकपा एकीकृत समाजवादी निकट नेपाल दलितमुक्ति संगठन र जातीय समता समाजलगायत दश वटा संघ र संस्थाले आज संयुक्त विज्ञप्तिमार्फत सत्यतथ्य छानविन गरी घटनामा सङ्लग्न निजलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गर्न माग गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष यादवले आफ्नो आमाको निधनपछि १३ औँ दिनको पुन्य थितिको दिन यही फागुन २२ गते आयोजना गरिएको ‘कृया भोजमा’ दलित र गैरदलितको लागि अलगअलग साइन बोर्ड टाँसी अलग लाइन बनाएर दलित समुदायमाथि जातीय छुवाछूत तथा भेदभावको अमानवीय व्यवहार गरेको ती संघ र संगठनको भनाइ छ ।
‘सार्वजनिक पदधारण गरका व्यक्ति उपस्थित भएको स्थानमा जातीय छुवाछूतलाई संस्थागतरुपमा संरक्षण गर्ने गरी घटाइएका यस घटनाको हामी घोर भत्र्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी राष्ट्रिय दलित आयोग र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानलगायतका दलित संघ र संगठनले पनि विज्ञप्ति जारी गरी सो घटनाको भत्र्सना गरेका छन् । ती संघ र संस्थाले घटनाको स्थलगत अध्ययन गरी आवश्यक पहल गर्न राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार समुदाय तथा न्याय प्रेमी नागरिक समाजलाई अपिलसमेत गरेका छन् ।
















आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया