बिरामी खोज्दै घरदैलोमा पुग्दै डाक्टर

काठमाडौँ । सुनसरी इनरुवाको हकमामा जिल्ला अस्पतालका डाक्टरको टोलीले स्वास्थ्य सेवाको प्रवाहलाई अभियानका रुपमा अघि बढाएको छ ।
गाउँघरमै पुगेर डाक्टरको टोलीले बिरामीको पहिचान गरी उपचार तथा परामर्श सेवा उपलब्ध गराउने अभियान शुरु गरेको हो । मेसु डाक्टर देवराज घिमिरेले थालेको गाउँघरमा डाक्टर अभियानलाई अस्पतालका अन्य डाक्टरले समेत साथ दिएका छन् ।
जसले जिल्लाका विकट र दूरदराजका टोल र बस्तीमा डाक्टरी सेवाको उपलब्धतालाई सहज बनाइदिएको छ । स्वास्थ्यमा सबैको समान पहुँचको मूल उद्देश्य राखिएको अभियानलाई हरेक हप्ताको शनिबार सञ्चालन गरिने इनरुवा अस्पतालले जनाएको छ ।
डाक्टर घिमिरेका अनुसार अभियानले विशेष गरी गरिब, दलित र विपन्न समुदायका मानिसलाई स्वास्थ्य सेवाको पहुँचमा जोड्ने छ । उनले दीर्घरोगीलाई खोजेर उपचार गर्न नसक्नेलाई गाउँमै पुगेर उपचार गरेको बताए ।
घरदैलोमै उपचार सम्भव हुनेलाई ठाउँको ठाउँमै उपचार सेवा दिने गरी थालिएको अभियान बिरामीलाई उपचारका लागि अस्पतालसम्म पुग्ने बानीको विकास गर्नेतर्फ केन्द्रित छ । इनरुवा अस्पतालले गाउँघरमा डाक्टर अभियानलाई सर्वसाधारण लक्षित स्वास्थ्य सचेतना र सावधानीको खाँचोका रुपमा अघि बढाएको छ ।








NPL Cricket 2025: Two matches today
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली
सभापतिको उम्मेदवार बन्ने गगन थापाको घोषणा
हुम्लाबाट सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
एनपीएल : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया