आइतबार, मंसिर ७, २०८२

बलिउड अभिनेत्री माधुरी दीक्षितकी आमाको निधन

मेरोन्यूज २०७९ फागुन २८ गते १२:०७

काठमाडौं । बलिउड अभिनेत्री माधुरी दीक्षितकी आमा स्नेह लता दीक्षितको निधन भएको छ । ९१ वर्षीय दीक्षितको आइतबार बिहान निधन धएको हो । माधुरीका पारिवारिक साथी रिक्कु राकेश नाथले यो जानकारी दिएका हुन् ।

माधुरी र उनका पति श्रीराम नेनेले पनि यो दुखद खबर सेयर गरेका छन् । उनले लेखेका छन्-‘हाम्री प्यारी आमा, स्नेह लता दीक्षितको आज बिहान आफन्तकाबीच शान्तिपूर्ण निधन भयो ।

मिडिया रिपोर्टका अनुसार, उनको अन्तिम संस्कार दिउँसो ३-४ बजे गरिनेछ।

प्रतिक्रिया