पीएनजीविरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत टियु मैदानमा भइरहेको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । नेपालका लागि तीन ओभर चार बलमा ललित राजवंशीले पहिलो विकेट लिएका थिए ।
दोस्रो विकेट ६ ओभर ५ बलमा सोमपाल कामीले लिए ।
पिएनजी अहिले १७ रन बनाएर खेलिरहेको छ । टियु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा तेस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पहिले बलिङ गरिरहेको छ । कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका थिए ।
सिरिजको दुई खेलमा सहज जित निकाल्दै नेपालले एकदिवसीय मान्यता जोगाएको छ ।
आजको खेलमा सहज जित निकाल्न सकेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने सम्भावनालाई कायम राख्नेछ । त्यसपछि नेपाललाई सिरिजको अन्तिम खेल जिते पुग्नेछ ।
लिग–२ मा नेपाल ३४ खेलमा ३६ अंक जोडेर चौथो स्थानमा छ । पीएनजीले ३४ खेलमा ११ अंक जोडेर अंक तालिकाको पुछारमा छ । नेपालले विश्वकप लिग–२ को अन्तिम खेलमा मार्च चैत २ मा यूएईसँग खेल्नेछ ।
















सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
पदभार ग्रहण गर्दै कानुनमन्त्री सोविता गौतमले के भनिन्?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रविको रिट ‘हेर्दाहर्दै’मा, बिहीबार सुनुवाइ हुने
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया