बिहीबार, चैत १२, २०८२

शिवम् सिमेन्टको “शिवम्संग उपहार टन्न”उपहार योजनाको मेगा लक्की-ड्र सम्पन्न

मेरोन्यूज २०७९ चैत २ गते २०:३२

काठमाडौं । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा “शिवम्सँग उपहार टन्न”उपहार योजनाको मेगा लक्की ड्र अन्तर्गत भाग्यशाली (उपभोक्तातर्फ ३० जना तथा विक्रेतातर्फ ३० जना) ६० जना विजेताहरुको नाम लक्की–ड्रमार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । जस अन्तर्गत उपभोक्तातर्फ ४७ तोला तथा विक्रेतातर्फ ४७ तोला सुन उपहार राखिएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

आज सम्पन्न मेगा लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कारबापत २ भाग्यशाली विजेता बाग्मती–पोखरा क्षेत्रबाट कृष्ण मानन्धर र उपत्यका बाहिरबाट चन्चल चौधरीले ५-५ तोला सुन प्राप्त गरेका छन् भने, दोस्रो पुरस्कार अन्तर्गत शिवराम, युवराज कार्की,चन्दन सिंह र सुरेश गरी ४ जनाले ३-३ तोला सुन जितेका छन त्येस्तै तेस्रो पुरस्कार अन्तर्गत विनोद आचार्य, नकुल पौडेल, शाह इन्जिनियरिङ कन्ट्रक्शन प्रा.लि, हेल्थ एण्ड हाईजनिक प्रा.लि., अरुण यादव तथा मनोज यादव गरी ६ जनाले २-२ तोला सुन जित्न सफल भएका छन् । साथै, चौथो ८ जनालाई १/१ तोला सुन तथा अन्य १० जनाले आधा/आधा तोला सुन जित्न सफल भएका छन् ।

यस अघि भएका मासिक लक्की–ड्र हरुबाट उपभोक्तातर्फ ६० जना तथा विक्रेतातर्फ ८० जना भाग्यशाली विजेताहरुको छनौट भई सकेको छन् । जस अन्तर्गत ४ जोडिले थाईल्याड भ्रमण, ८ जोडिले गोसाईकुण्ड हेली टुर, २० जोडिले माउन्टेन फ्लाईट, २८ जनाले आधा के.जी.चाँदी, ३२ जनाले हिराको औंठी, १६ जनाले सुनको सिक्रि, १६ जनाले सुनको औंठी र १६ जनाले २ ग्राम सुनको सिक्का जितिसकेका छन् ।

प्रतिक्रिया