भारतमा उपचाररत कांग्रेस नेता भण्डारीलाई सामान्य आहार दिन सुरु

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई समान्य आहार दिन सुरु गरिएको छ ।
बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट घाइते भएपछि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई सामान्य आहार दिन सुरु गरिएको हो ।
आगलागीबाट गम्भीर घाइते भएका डा. भण्डारीको आज ३३ दिन पुग्दा स्वास्थ्यमा सुधार भइरहेको र अनुहारको छाला राम्रो हुँदै गएको डा. भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए ।
‘डा भण्डारीको फिजियोथेरापी भइरहेको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ,’ डा भण्डारीका दाजु मीनप्रसादले भने ।
डा. भण्डारीको फिजियोथेरापी जारी रहेको र केही समय सहयोगबिना बस्न थालेको दाजु मीनप्रसादको भनाइ थियो । अनुहारको छाला राम्रो हुँदै गएकाले तत्काल अप्रेसन गर्नुनपर्ने चिकित्सकले बताएका छन् ।
संक्रमण नियन्त्रण गर्न अस्पताल प्रशासनले आगन्तुकलाई कडाइका साथ निषेध गरेको छ । आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते नै निधन भएको थियो ।
















वार्ता संकेतबीच इरानले हान्याे मिसाइल
अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति
निष्पक्ष र पारदर्शीरुपले सभामुखको कार्यसम्पादन गर्नेछु : ज्येष्ठ सदस्य केसी
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
सुनसान सिंहदरबार
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया