विराट गोल्डकपः विराटनगर सिटी सेमिफाइनलमा

सुन्दरहरैचा । सातौँ संस्करणको विराट गोल्डकपमा आयोजक विराटनगर सिटी फुटबल प्रतियोगितामा विजयी सुरूआत गर्दै सेमिफाइनलको खेलयात्रा तय गरेको छ ।
सहिद रङ्गशालामा बिहीबारदेखि सुरू भएको गोल्डकपमा पूर्वविजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै घरेलु टोली विराटनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि थप गरिएको अतिरिक्त समयकोे एक सय १७ औँ मिनेटमा विराटनगरका आशिष श्रेष्ठले निणार्यक गोल गरे । दिवाकर चौधरीले दिएको पासलाई सदुपयोग गरेर आशिषले गोलमा परिणत गरेका थिए । खेलको एक सय तीन मिनेटमा सागर थापाको ठाउँमा मैदान प्रवेश गरेका आशिषले टिमको जितका लागि निर्णायक गोल गरेका हुन् ।
पहिलो हाफसम्म पुलिसले विराटनगरलाई दबाबमा राखेको थियो । निर्धारित समयसम्म प्रहरीका लागि निकै सङ्घर्षपूर्ण बन्यो । प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो ।
पुलिस क्लबले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात पारेको थियो । पूर्वविजेता प्रहरीले दर्जन बढी सुन्दर अवसर खेर फाल्दा प्रतियोगिताबाट बाहिरन बाध्य भयो । प्रतियोगिताको म्यान अफ द म्याच विराटनगरका उत्सव राई घोषित भए । उनले नगद रु २५ हजार हात पारे ।
चैत १६ गतेसम्म सञ्चालन हुने गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता हुने टिमले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार पाउने विराटनगर महानगरपालिकाका प्रमुख तथा गोल्डकपका संयोजक नागेश कोइरालाले उल्लेख गरे ।
गोल्डकपको उद्घाटन कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए । उनले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार लागि पर्ने तथा खेल क्षेत्रलाई उच्च प्राथामिकतामा राखेर अघि बढ्ने योजनामा रहेको बताए।
तत्कालीन राजा महेन्द्रको नामबाट २०१८ सालमा महेन्द्र गोल्डकपबाट सुरू गरिएको प्रतियोगिता पछिल्लो संस्करणका रूपमा २०५७ सालदेखि विराट गोल्डकपका रूपमा खेलाईदै आएको छ ।
पञ्चायत कालमा २७ पटक र बहुदल आएपछि विराट गोल्डकपका नामबाट साताँै प्रतियोगिता सुरू भएको हो । प्रतियोगिता सम्पन्न गर्न करिब रु दुई करोड ५० लाख खर्च लाग्ने आयोजकले उल्लेख गरेको छ ।
शुक्रबारको खेल नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच हुने विराट गोल्डकपका सह–संयोजक सुवाशिष कोइरालाले जानकारी दिए।














Slight fall in gold, silver prices
दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
President, Vice President’s messages on Ram Navami festival
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया