Xiaomi 13 Pro प्रि-बुकिङको लागि उपलब्ध

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले फ्ल्यागशिप स्मार्टफोन, Xiaomi 13 Pro को प्रि–बुकिङ सुरु गरेको छ । बन्डल अफरको रूपमा शाओमी नेपालले Xiaomi 13 Pro सँगै Xiaomi 50W वायरलेस चार्जिङ स्ट्यान्ड पनि प्रदान गरिरहेको छ ।
प्रि-बुकिङ ९ चैत्र देखि २० चैत्र २०७९ सम्म खुल्ला हुनेछ ।
अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, “हाम्रो यो सफलता हाम्रा शाओमी फ्यानहरूकै मायाको परिणाम हो । उहाँहरूको समर्थनले नै शाओमी यो उचाइमा पुग्न सफल भएको छ । हामीले यो अफर हाम्रो शाओमी फ्यानहरूलाई धन्यवाद दिन र हाम्रो उत्पादनहरुलाई अझ माया गरिदिनु हुन एउटा प्रोत्साहन हो ।’
Leica क्यामेरासंग को–इन्जिनियर गरिएको Xiaomi 13 Pro ले प्रो-ग्रेड लेन्सको साथ मास्टर–लेभल फोटोग्राफी प्रदान गर्दछ । नवीनतम Snapdragon® 8 Gen 2, प्रिमियम फ्ल्यागशिप प्रदर्शनको साथ डिजाइन र बेस्ट-इन-क्लास डिस्प्ले समावेश भएको 120W हाइपर चार्ज र ४,८२० mAh ब्याट्री संग सुसज्जित यो स्मार्टफोन मात्र १९ मिनेटमा १००% ब्याट्री चार्जिङ समर्थन गर्दछ ।
शाओमी नेपालले खरिद गरिएको मितिदेखि ग्राहकहरुलाई २४ महिनासम्म सेवा शुल्क छुट गरेको छ । शाओमीका फ्यानहरूले नबिल बैंकमार्फत ०% ईएमआईमा यो अफर लिन सक्नुहुनेछ । Xiaomi 13 Pro, 12+256 GB भेरियन्टमा सेरामिक ह्वाईत र सेरामिक ब्ल्याक गरि दुई भिन्न रङहरू उपलब्ध हुनेछ । मात्र रु. ५००० मा प्रि–बुक गर्न सकिने Xiaomi 13 Pro प्रि अर्डर गर्दा Xiaomi 50W वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क पाउन सक्नुहुन्छ । Xiaomi 13 Pro को मूल्य रु १,२९,९९९ रहेको छ र सर्बत्र उपलभ्ध छ ।
















बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास
पूर्वप्रधानमन्त्री ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया