सोमबार, चैत ३०, २०८२

सुकेशले जेलबाट लेखे ज्याकलिनलाई प्रेमपत्र

मेरोन्यूज २०७९ चैत १२ गते १४:३६

ठगी मुद्दामा जेलमा रहेका सुकेश चन्द्रशेखरले अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई प्रेम पत्र लेखेका छन् । उनले मार्च २५ मा आफ्नाे जन्मदिनको अवसरमा ज्याकलिनलाई पत्र लेखेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

पत्रमा सुकेशले लेखेका छन्- ‘मेरो बेबी ज्याकलिन, मेरी बोम्मा, जन्मदिनमा मैले तिमीलाई धेरै मिस गरें। मैले आफ्नो वरिपरि तिम्रो उर्जा खाेजे। मसंग भन्नको लागी शब्द छैन तर थाहा छ कि मेरो लागि तिम्रो माया कहिल्यै समाप्त हुनेछैन। तिम्रो सुन्दर मनमा के छ मलाई पनि थाहा छ। मलाई कुनै प्रमाण चाहिदैन, मेरो लागि यति नै पर्याप्त छ बच्चा।’

उनले थप लेखेका छन्, ‘तिमीलाई थाहा छ म तिमीलाई कति माया गर्छु। मेरो जीवनमा तिम्रो उपस्थिति मेरो लागि उत्तम उपहार हो। तिमीलाई माया गर्छु मेरो बच्चा, मलाई हृदय दिएकोमा धन्यवाद। मेरो जन्मदिनमा मलाई शुभकामना दिनुहुने मेरा समर्थक र परिवारलाई पनि धन्यवाद दिन्छु । मैले बधाई पत्रहरू पाएँ, त्यसैले आफूलाई भाग्यमानी ठान्छु। धन्यवाद, सुकेश चन्द्रशेखर।’

यसअघि सुकेशले ज्याकलिनलाई पत्रमार्फत होलीको शुभकामना दिएका थिए ।

सुकेश २०० करोडको ठगी मुद्दामा जेलमा छन् । यस विषयमा प्रहरीले ज्याकलिनलाई पटकपटक प्रश्न पनि गरिरहेको छ ।अर्कोतर्फ ज्याकलिनले सुकेशबाट धेरै महँगो उपहार लिएको आरोप छ । तर, ज्याकलिनका वकिलले उनलाई जबरजस्ती मुद्दामा फसाइएको बताएका छन् ।

ज्याकलिनले सुकेशसँगको आफ्नो सम्बन्धको बारेमा अहिलेसम्म कुनै आधिकारिक कुरा भनेकी छैनन् ।

प्रतिक्रिया