ईङवा हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले फागुन २१ गतेदेखि निष्काशन गरेको आइपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आवेदन दिन पाउने आज अन्तिम दिन हो।
कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आइपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको छ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमा ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं २ र वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ।
















सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
पदभार ग्रहण गर्दै कानुनमन्त्री सोविता गौतमले के भनिन्?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया