श्रीमानकी पूर्वप्रेमिकाबारे आँचलले भनिन्- मसँग ठूलाे मुटु छैन

काठमाडौं । अभिनेत्री आँचल शर्माले आफ्नै श्रीमानकी पूर्व प्रेमिकाबारे टिप्पणी गरेकी छन् । एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिँदै अभिनेत्री शर्माले पति उदीप श्रेष्ठकी पूर्व प्रेमिका भलिबल खेलाडी सिपोरा गुरुङमाथि टिप्पणी गरेकी हुन् ।
कार्यक्रम प्रस्तोताले एक तस्बिर देखाउँदै कुन रुपमा चिन्नुहुन्छ भन्ने प्रश्नमा आचलले पहिले त दुविधामा पर्दै सिपोरालाई एक राम्री खेलाडीका रुपमा चिनेको बताइन् । तर प्रस्तोताले खेलाडीबाहेक अरु ? भनी पुनः सोधेपछि उनले उदीप जीकी ‘एक्स गर्लफ्रेड’ भन्दै जवाफ फर्काएकी थिइन् ।
यसबारे कहिले थाहा भएको भनी सोधिएको प्रश्नमा आँचलले विवाह अघि आफ्ना प्रेमीकी पूर्व प्रेमीकाकाबारेमा सोधखोज गर्ने क्रममा थाहा पाएको बताइन् ।
सिपोरासँग सम्बन्ध कस्तो छ पनि प्रस्तोताले सोध्दा आफ्ना श्रीमानकी पूर्वप्रेमीकासँग कसले सम्बन्ध राम्रो बनाउँछ ? भन्दै उनले प्रतिप्रश्न गरिन् । ‘म श्रीमती हाे नि त अहिले उहाँकी’ आँचलले भनिन्, आफ्नै श्रीमानकी ‘एक्स गर्लफ्रेड’सँग राम्राे सम्बन्ध बनाएर हिँड्न सक्ने ठूलाे मुटु मसँग छैन ।’
उनले सिपोराको तस्बिर देखाएकोमा आफूलाई चित्त नबुझेको पनि बताइन् ।
















वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया