महालक्ष्मी विकास बैंकले २९ चैतबाट ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले चैत २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकले १० लाख इकाई ऋणपत्र प्रतिइकाई १ हजार रुपैयाँको दरले जारी गर्न लागेको हो ।
यसमध्ये ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ। बाँकी ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । उक्त सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये २० हजार इकाई ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ भने यस ऋणपत्रमा २०८० वैशाख ४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने २०८० वैशाख १३ गतेसम्म खुला रहनेछ ।
महालक्ष्मी विकास बैंकले १० वर्ष अवधिको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । बैंकका अनुसार यसमा वार्षिक ११ प्रतिशत ब्याजदर दिने छ ।
न्यूनतम २५ इकाईदेखि अधिकतम ४ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
















डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री
कानुन सुधारको जिम्मा अब सोविता गौतमको काँधमा
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, ६ घाइते
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया