डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

दमौली (तनहुँ)। तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति डा स्वर्णिम वाग्ले अर्थमन्त्री बन्नुभएको छ । रास्वपा सभापति रवि लामिछानेले निर्वाचनअगावै डा वाग्लेलाई अर्थमन्त्रीको जिम्मेवारी बनाइने अभिव्यक्ति दिएको थियो
आफ्नो क्षेत्रबाट निर्वाचित सांसंद देशको महत्तुवपूर्ण जिम्मेवारीमा आएपछि तनहुँ क्षेत्र नं १ का स्थानीय खुसी भएका छन् । डा वाग्ले यहाँबाट दोस्रोपटक निर्वाचित भएका हुन् । उनी विसं २०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा ३४ हजार ९११ मतसहित पहिलोपटक विजयी भएका थिए । डा वाग्ले गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३८ हजार ४० मतसहित दोस्रोपटक विजयी भएका छन् ।
अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा पहिचान बनाएका वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएपछि तनहुँवासी थप खुसी भएका छन् । तनहुँको म्याग्दे निवासी मनोज अधिकारीले डा वाग्लेको अर्थमन्त्रीको जिम्मेवारीले आफूहरूलाई खुसी तुल्याएको प्रतिक्रिया दिए । उनले भने, “डा वाग्ले देशको अर्थतन्त्र सुधार गर्नसक्ने सक्षम व्यक्ति हो । जिल्लाले अर्थमन्त्रीका रूपमा उहाँलाई पाउँनु हामी सबैका लागि गौरवको कुरा हो ।”
बन्दीपुरका सिद्धान्त गर्जा मगरले सामाजिक न्यायसहितको अर्थनीति, सुशासन, आर्थिक सुधार र गुणस्तरीय पूर्वाधारलाई अब सैद्धान्तिक हिसाबले मात्र नभई व्यावहारिक ढङ्गबाट अगाडि बढाउन डा वाग्ले सफल हुने विश्वास व्यक्त गरे ।
गोरखा जिल्लामा जन्मिए पनि वाग्लेले आफ्नो संसदीय यात्रा तनहुँबाट सुरु गरेका छन् । सामान्य परिवेशमा हुर्किएका डा वाग्ले अन्तरराष्ट्रिय ख्यातीप्राप्त विश्वविद्यालयबाट अध्ययन गर्दै देश विदेशमा आफ्नो छुट्टै पहिचान बनाएको छ ।
उच्च शिक्षापछि विभिन्न अन्तरराष्ट्रिय संस्थामा काम गर्नुभएका वाग्लेले नेपाल फर्किएपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
















Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया