विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक छः उद्योगमन्त्री रिजाल

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक रहेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधरण सभामा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । उनले अझै पनि विज्ञापन व्यवसायीहरुको दायरा भन्दा बाहिर विज्ञापनको क्षेत्र रहेको भन्दै व्यवसायीहरुको दायरामा ल्याउन आवश्यक रहेको बताए ।
मन्त्री रिजालले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउनको लागि राष्ट्रिय नीति ल्याउन लागेको बताए । उनले सरकारले ल्याउने राष्ट्रिय नीतिमा विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउन सहयोग गर्ने बताए । उनले विज्ञापनको धेरै क्षेत्र विज्ञापन संघको दायरा भन्दा बाहिर हरेको भन्दै दायरामा ल्याउन पहल गर्न आग्रह गरे ।
रिजालले नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट सामानहरु बेच्ने गरेपनि विज्ञापन आउन नसकेको बताए । उनले त्यसलाई पनि कानूनी दायरामा ल्याएर आवश्यक रहेको बताए । मन्त्री रिजालले विज्ञापनको क्षेत्रमा आफूलाई सबै विषय जानकारीमा नभएको भन्दै व्यवसायीहरुको सल्लाह सुझावको माग समेत गरे । उनले विज्ञापन व्यवसायीहरुलाई परेको समस्या समाधानको लागि सहयोग गर्न सरकार तयार रहेको बताए ।















प्रादेशिक स्वास्थ्य संस्थाको अनुगमन, काम नगर्नेलाई कारबाही गर्न निर्देशन
Slight fall in gold, silver prices
दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया