हैदरावादलाई हराउँदै लखनऊ शीर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराईजर्स हैदरावादलाई पाँच विकेटले हराउँदै लखनऊ सुपरजायन्ट्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
आईपीएको १६औं संस्करणमा लखनउको यो तीन खेलमा दोस्रो जित हो । तीन खेलबाट ४ अंक जोडेको लखनउ समान अंक भए पनि गुजरात टाइटन्स र पञ्जाव किंग्सलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ
घरलु मैदानमा १२२ रनको सामान्य लक्ष्य लखनऊले १६ ओभर खेल्दै पाँच विकेट गुमाएर पूरा गरेको थियो।
लखनउका लागि कप्तान केएल राहुलले ३१ बलमा ४ चौका मदतमा ३५ रन बनाए । यस्तै क्रुनल पाण्ड्याले २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए । छक्का प्रहार गर्दै जित पक्का गरेका निकोलस पुरनले ६ बलमा अविजित १० रन बनाए । मराकुस स्टोइनिसले पनि अविजित १० रन बनाए ।
त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो।
हैदरावादका लागि राहुल त्रिपाठीले सर्वाधिक ३४ रन बनाए। ओपनर अनमोलप्रीत सिंहले ३१ रन बनाउँदा ३ चौका र १ छक्का प्रहार गरे। त्यस्तै अब्दुल समादले अविजित २१ रन बनाए।
बलिङतर्फ लखनऊका लागि कुर्नाल पाण्ड्याले सर्वाधिक तीन विकेट लिए। त्यस्तै अमित मिश्राले २ विकेट लिँदा यस ठाकुर र रवि विसोइले एक–एक विकेट लिए।
















पूर्वप्रधानमन्त्री ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया