अमेरिकन आइडल टिमबाट अर्थर गनलाई ज्यान मार्ने धम्की
मेरोन्यूज
२०७९ चैत २७ गते १८:२१

काठमाडौं । अमेरिकन आइडलका प्रतिस्पर्धी नेपालीमूलका दिवेश पोखरेल अर्थात् अर्थर गनले अमेरिकन आइडलले आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् ।
उनले फेसबुक स्टोरीमा अमेरिकन आइडललाई गाली गर्दै आफ्नो ठाउँमा उभिन चुनौती दिएका छन् । उनले आइडललाई जनावरको संज्ञा दिँदै आफ्नो खुट्टामा उभिन पनि नसुहाउने बताएका छन् ।
अमेरिकन आइडलको १८ औं संस्करणका रनरअप रहेका दिवेशले १९ औं संस्करणमा भाग लिएका थिए तर उनको नाम अन्तिम सातअघि नै हटाइएको थियो । यसप्रति उनले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
अमेरिकाको कनान्समा बसाइँ सर्नुअघि दिवेशले नेपालमा ‘ग्रहण’ र ‘खोज’ गरी दुई एल्बम सार्वजनिक गरेका छन् । उनले यो बाहेक ‘म’, ‘खोज’ र ‘कर्णाली’ गरी तीन सिंगल पनि सार्वजनिक गरेका छन् । अमेरिकन आइडलबाट बाहिरिए लगत्तै आर्थरले ‘सेभ मी नाऊ’ बोलको गीत सार्वजनिक गरेका थिए ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया