आईपीएल : आरसीबीलाई एक विकेटले हराउँदै लखनऊ शीर्ष स्थानमा

काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा लखनऊ सुपर जायन्टसले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) माथि १ विकेटको रोमाञ्चक जित दर्ता गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।
लखनऊ जारी आईपीएलमा तेस्रो जितका साथ शीर्ष स्थानमा उक्लिएको हो । तीन खेल खेलेको बैंग्लोरले दोस्रो हार ब्यहोरेको छ भने एक खेल जितेको छ ।
पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा २ विकेट गुमाएर २१२ रन बनाएको थियो । जवाफमा लखनउ सुपर जायन्ट्सले अन्तिम बलमा ९ विकेट गुमाएर खेल जित्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीका लागि ओपनर विराट कोहली र कप्तान फाफ डु प्लेसिसले शानदार सुरुवात दिलाए । कोहलीले ४४ बलमा चार चौका र चार छक्काको सहयोगमा ६१ रन बनाए ।
आरसीबीका लागि कप्तान प्लेसिसले ४६ बलमा ७९ र ग्लेन म्याक्सवेलले ५९ रन बनाए ।
लखनउ सुपर जायन्ट्सबाट अमित मिश्रा र मार्क वुडले एक–एक विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा लखनउ सुपर जायन्ट्सले खराव सुरुवात ग¥यो ।
लखनऊका लागि मार्कस स्टोइनिसले ३० बलमा ६५ रनको इनिङ खेले। कप्तान केएल राहुल १८, निकोलस पूरन १९ बलमा चार चौका र सात छक्कासहित ६२ रन बनाए । पुरनले १५ बलमा अर्धशतक बनाएर सिजनको सबैभन्दा छिटो अर्धशतक बनाउने रेकर्ड राखे ।
आयुष बडोनीले ३० रन बनाए । अन्तिम ओभरमा लखनउलाई जितका लागि ५ रन आवश्यक थियो । टोलीले चौथो बलमा स्कोर बराबरी गरेको थियो । तर, पाँचौं बलमा जयदेव उनादकट ९ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए । तर, अन्तिम बलमा बाईमार्फत १ रन लिएपछि लखनऊले १ विकेटको रोमाञ्चक अनि शानदार जित निकाल्न सफल भयो ।
आरसीबीका लागि मोहम्मद सिराज र वेन पार्नेलले तीन–तीन विकेट लिए ।







नेपाली कम्युनिष्ट पार्टीको सभा आज विराटनगरमा
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
आज गीता जयन्ती मनाइँदै, यस्तो छ धार्मिक महत्त्व !
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
श्रीलंकामा भीषण बाढी, ५६ जनाको मृत्यु
इन्डोनेसियामा बाढीमा परी मृत्यु हुनेको संख्या ८४ पुग्यो
प्रतिक्रिया