आईपीएल : आरसीबीलाई एक विकेटले हराउँदै लखनऊ शीर्ष स्थानमा

काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा लखनऊ सुपर जायन्टसले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) माथि १ विकेटको रोमाञ्चक जित दर्ता गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।
लखनऊ जारी आईपीएलमा तेस्रो जितका साथ शीर्ष स्थानमा उक्लिएको हो । तीन खेल खेलेको बैंग्लोरले दोस्रो हार ब्यहोरेको छ भने एक खेल जितेको छ ।
पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा २ विकेट गुमाएर २१२ रन बनाएको थियो । जवाफमा लखनउ सुपर जायन्ट्सले अन्तिम बलमा ९ विकेट गुमाएर खेल जित्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीका लागि ओपनर विराट कोहली र कप्तान फाफ डु प्लेसिसले शानदार सुरुवात दिलाए । कोहलीले ४४ बलमा चार चौका र चार छक्काको सहयोगमा ६१ रन बनाए ।
आरसीबीका लागि कप्तान प्लेसिसले ४६ बलमा ७९ र ग्लेन म्याक्सवेलले ५९ रन बनाए ।
लखनउ सुपर जायन्ट्सबाट अमित मिश्रा र मार्क वुडले एक–एक विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा लखनउ सुपर जायन्ट्सले खराव सुरुवात ग¥यो ।
लखनऊका लागि मार्कस स्टोइनिसले ३० बलमा ६५ रनको इनिङ खेले। कप्तान केएल राहुल १८, निकोलस पूरन १९ बलमा चार चौका र सात छक्कासहित ६२ रन बनाए । पुरनले १५ बलमा अर्धशतक बनाएर सिजनको सबैभन्दा छिटो अर्धशतक बनाउने रेकर्ड राखे ।
आयुष बडोनीले ३० रन बनाए । अन्तिम ओभरमा लखनउलाई जितका लागि ५ रन आवश्यक थियो । टोलीले चौथो बलमा स्कोर बराबरी गरेको थियो । तर, पाँचौं बलमा जयदेव उनादकट ९ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए । तर, अन्तिम बलमा बाईमार्फत १ रन लिएपछि लखनऊले १ विकेटको रोमाञ्चक अनि शानदार जित निकाल्न सफल भयो ।
आरसीबीका लागि मोहम्मद सिराज र वेन पार्नेलले तीन–तीन विकेट लिए ।
















नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
दोलखा उडेको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन
भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउन गृहमन्त्री गुरुङको निर्देशन
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया