खुमलटारविरुद्ध मछिन्द्रको फराकिलो जित
मेरोन्यूज
२०७९ चैत २८ गते १६:३६

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मछिन्द्र क्लबले खुमलटार क्लबमाथि फराकिलो जित हासिल गरेको छ ।
मंगलबार च्यासल मैदानमा सम्पन्न खेलमा मछिन्द्र क्लबले खुमलटार क्लबलाई ७-३ गोल अन्तरले पराजित गरेको हो ।
मछिन्द्रको जितमा अफीज ओलावालेले ५ गोल गरेका थिए भने बिमल घर्ति मगर र विजय भुजेलले एक एक गोल गरेका थिए ।
त्यस्तै खुमलटारका लागि मेसोउके ओलोउमोउले दुई र स्टेफन समिरले एक गोल गरेका थिए ।
योसँगै मछिन्द्रले लिगमा तेस्रो जित हासिल गरेको छ । मछिन्द्रको ८ खेलमा १२ अंक भएको छ र लिगको पाँचौं स्थानमा उक्लिएको छ ।
त्यस्तै खुमलटारको भने ८ खेलमा ७ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।
सम्बन्धित















प्रादेशिक स्वास्थ्य संस्थाको अनुगमन, काम नगर्नेलाई कारबाही गर्न निर्देशन
Slight fall in gold, silver prices
दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया