खुमलटारविरुद्ध मछिन्द्रको फराकिलो जित
मेरोन्यूज
२०७९ चैत २८ गते १६:३६

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मछिन्द्र क्लबले खुमलटार क्लबमाथि फराकिलो जित हासिल गरेको छ ।
मंगलबार च्यासल मैदानमा सम्पन्न खेलमा मछिन्द्र क्लबले खुमलटार क्लबलाई ७-३ गोल अन्तरले पराजित गरेको हो ।
मछिन्द्रको जितमा अफीज ओलावालेले ५ गोल गरेका थिए भने बिमल घर्ति मगर र विजय भुजेलले एक एक गोल गरेका थिए ।
त्यस्तै खुमलटारका लागि मेसोउके ओलोउमोउले दुई र स्टेफन समिरले एक गोल गरेका थिए ।
योसँगै मछिन्द्रले लिगमा तेस्रो जित हासिल गरेको छ । मछिन्द्रको ८ खेलमा १२ अंक भएको छ र लिगको पाँचौं स्थानमा उक्लिएको छ ।
त्यस्तै खुमलटारको भने ८ खेलमा ७ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।
सम्बन्धित







नेपाली कम्युनिष्ट पार्टीको सभा आज विराटनगरमा
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
आज गीता जयन्ती मनाइँदै, यस्तो छ धार्मिक महत्त्व !
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
श्रीलंकामा भीषण बाढी, ५६ जनाको मृत्यु
इन्डोनेसियामा बाढीमा परी मृत्यु हुनेको संख्या ८४ पुग्यो
प्रतिक्रिया