राजकुमार राव र श्रद्धा कपूरले गरे ‘स्त्री २’काे घोषणा

काठमाडौं । भारतीय अभिनेता राजकुमार राव र अभिनेत्री श्रद्धा कपूरले ‘स्त्री २’ काे सिक्वेल घोषणा गरेका छन् ।
उनीहरूले १२ अप्रिलमा एक कार्यक्रमकाबीच आफ्नो फिल्म ‘स्त्री’ को सिक्वेलको औपचारिक घोषणा गरेका हुन् ।
सन् २०१८ मा आएको राजकुमार राव र श्रद्धा कपूरको हरर कमेडी फिल्म ‘स्त्री’लाई दर्शकले निकै रुचाएका थिए । फिल्ममा राजकुमार राव र श्रद्धा कपूरको अभिनयले दर्शकलाई निकै मोहित बनाएको थियो ।
दर्शकको अथाह माया र साथकाबीच उनीहरूलाई फेरि हँसाउन र डराउनको लागि ‘स्त्री २’ लिएर फर्किएको अभिनेता राजकुमार बताउछन्।
फिल्म ‘स्त्री’ को अन्तिम दृश्यले दर्शकलाई अन्योलमा पारेपछि दर्शकको मनमा प्रश्न उठेको छ । यसको जवाफ फिल्मको दोस्रो भागमा पाउन सकिने उनले बताए । ‘स्त्री २’ को रिलिज मिति सार्वजनिक भएपनि दर्शकले याे हेर्न लामो समय कुर्नुपर्नेछ । फिल्म २०२४मा रिलिज हुने बताइएको छ ।









श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख जम्मा
चितवन कारागारबाट भागेका बन्दी झापामा पक्राउ
१ खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
शान्ति सम्झौताको मर्म र जेनजी युवाका आवाज एउटै छन् : संयोजक प्रचण्ड
प्रतिक्रिया