बुधबार, वैशाख २, २०८३

साउथ फिल्ममा पनि नातावाद ! ७ परिवारले चलाइरहेका छन् पूरै उद्योग

मेरोन्यूज २०८० वैशाख ३ गते १६:४८

काठमाडौं । बलिउडमा जहिले पनि नातावादको आरोप लाग्ने गरेको छ । स्टारकिडहरूले यहाँ सजिलै अवसरहरू पाउँछन्, यीनीहरू कुनै मेहनत र प्रतिभा बिना अगाडि बढिरहन्छन् भन्ने आरोप लाग्दै आएकाे छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

तर, बलिउडमा मात्रै होइन, साउथ सिनेमामा पनि नातावाद छ ।, तर त्यसको चर्चा हुँदैन । साउथ उद्योगलाई अलि नजिकबाट हेरेपछि थाहा हुन्छ, कि आज पनि त्यहाँ तीनै परिवारको वर्चस्व छ, जुन पहिले थिए ।

अल्लु परिवार

साउथ सिनेमाका सुपरस्टार अल्लु अर्जुनले आफ्नो परिवारको तेस्रो पुस्तालाई अगाडि बढाइरहेका छन् । उनका हजुरबुबा अल्लु रामलिंगैया दक्षिणी उद्योगका लोकप्रिय अनुहार थिए।

योसँगै उनका पिता अल्लु अरविन्द पनि चर्चित फिल्म निर्माता हुन् । अर्जुन जस्तै उनका भाइ अल्लु सिरिश पनि फिल्ममा राम्रो काम गर्नेमा गनिन्छन्।

चिरञ्जीवी परिवार

साउथ सिनेमामा रामचरणको स्टारडम निकै छ। उनी उद्योगमा सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार मध्ये एक हुन् । रामचरण साउथ सिनेमाको ठूलो परिवारका हिस्सा हुन् । उनकी आमा अल्लु सुरेखा अल्लु रामलिंगैयाकी छोरी हुन्। जहाँ पिता चिरञ्जीवीलाई कुनै परिचयको आवश्यकता छैन । चिरञ्जीवी बाहेक उनका दुबै दाजु पवन कल्याण र नागेन्द्र बाबुको नाम साउथका ठूला स्टारमा पर्छन् । यस बाहेक राम चरण अल्लु अर्जुनका नातेदार पनि हुन्।

रजनीकान्त परिवार


हिन्दी सिनेमादेखि दक्षिणी सिनेमासम्म रजनीकान्तको राज चलिरहेको छ । उनले आफ्नो अभिनयले करोडौंको मनमा राज गरेका छन् । अर्कोतर्फ उनका छोरी ऐश्वर्या र सौन्दर्याले निर्देशनमा नाम कमाइरहेकी छन् । रजनीकान्तका ज्वाइँ धनुष पनि साउथ सिनेमाका ठूला स्टार हुन्।

दग्गुबती परिवार

फिल्म निर्माता दग्गुबती रमानायडुले १९६४ मा ‘सुरेश प्रोडक्सन’ को आधारशिला राखेका थिए। दग्गुबतीका तीन सन्तान छन् दग्गुबती वेंकटेश, दग्गुबती बाबु र लक्ष्मी दग्गुबती। दग्गुबती परिवारमा जन्मेका दग्गुबाती वेंकटेश साउथ सिनेमाका सुपरस्टार हुन् । योसँगै राणा दग्गुबाती पनि साउथ सिनेमाको यो ठूलो परिवारको हिस्सा हुन् ।

अक्किनेनी परिवार

अक्किनेनी परिवारको नाम साउथ फिल्म उद्योगको ठूलो परिवार मध्ये एक हो। अक्किनेनी नागेश्वर राव दक्षिण सिनेमाका प्रसिद्ध अभिनेता र निर्माता थिए। उनीजस्तै उनका छोरा अक्किनेनी नागार्जुनले पनि साउथ सिनेमामा धेरै नाम कमाए । योसँगै नागार्जुनका छोरा नागा चैतन्य र अखिल अक्किनेनी पनि फिल्ममा आफ्नो पाइला जमाउन खोजिरहेका छन् ।

रामाराव परिवार

जुनियर एनटिआर को पूरा नाम नन्दमुरी तारका रामा राव हो। उनी साउथ सिनेमाको ठुलो र चर्चित परिवारको हिस्सा हुन् । उनका हजुरबुबा रामाराव एक उत्कृष्ट कलाकार र फिल्म निर्माता थिए।

एनटी रामारावलाई भारतीय सिनेमामा उनको योगदानको लागि भारत सरकारले सन् १९६८ मा पद्मश्रीबाट सम्मानित गरेको थियो। एनटिआर का पिता नन्दमुरी हरिकृष्णा पनि एक अभिनेता, निर्माता र राजनीतिज्ञ हुन्, जो तेलुगु सिनेमामा आफ्नो उत्कृष्ट कामका लागि परिचित छन्। जुनियर एनटीआरका भाइ इनन्दमुरी कल्याण राम पनि एक अभिनेता हुन्। नन्दमुरी बालकृष्ण उनका काका हुन्, जो दक्षिणी उद्योगका ठूलो अनुहार हुन्।

कमल हसन परिवार

कमल हसन अभिनेताबाट नेता बनेका छन् । उनी धेरै वर्षदेखि अभिनय जगतको राजा बनेका थिए । उनका दुबै छोरी श्रुति हासन र अक्षरा हसन पनि ग्लैमर संसारको हिस्सा हुन् ।

कयाैं वर्षदेखि यी परिवारले साउथ सिनेमामा प्रभुत्व जमाउँदै आएका छन् । बलिउडमा हरेक दिन नातावादको चर्चा भए पनि साउथ सिनेमामा भने कमै बहस हुने गरेको छ ।

साउथका धेरै स्टारले स्टार किड भएकाले इन्डस्ट्रीमा डेब्यु गर्ने मौका मिल्ने तर भविष्यमा कडा मिहिनेतले मात्रै अगाडि बढ्ने बताएका छन् ।

प्रतिक्रिया