सोमबार, मंसिर ८, २०८२

समीक्षा अधिकारी भन्छिन्- म कुनै चरित्रहीन छोरी होइन

मेरोन्यूज २०८० वैशाख ३ गते १७:३३

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफु कुनै चरित्रहीन छोरी नभएको बताएकी छन् । उनले आइतबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै कुनै पनि घटना कथाबस्तुको वास्तविकता भन्दा फरक ढंगले देखाइने हुनाले हेर्नेले पनी त्यसरीनै बुझे बताइन्।

‘चलचित्रको कथा जस्तै मेरो जीन्दगीको कथा पनी त्यस्तै छ ।’ उनले लेखेकी छन् ‘अगाडी बढ्न खोज्छु मेरा पाइला पछाडी तानिन्छन् ।’

गायिका समिक्षाले मन भित्रको बह सुनाउन खोज्दा हासोको पात्र बन्ने गरेकाे बताइन् । उनले पर्दामा देखिएका सबैकुरा साँचो नहुने बताइन् ।

उनले लेखेकी छन्, ‘म गलत छैन,म कुनै चरीत्र हिन छोरी होईन मेरो पनी परीवार छ तपाईको जस्तै । पर्दामा देखीएका हरेक कुरा सहिहुदैनन । सत्यता त मनमै अड्किएर बसेको हुन्छ ।’

प्रतिक्रिया