आईपीएलमा गुजरातलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

काठमाडौँ । राजस्थान रोयल्से इन्डियन प्रिमियर लिग–१६ मा साविक विजेता गुजरात टाइटन्समाथि पहिलो जित दर्ता गर्दै शीर्ष स्थानमा उक्लिएको छ । कप्तान सञ्जु सामसन र शिमरोन हेटमायरको अर्धशतकको मद्दतमा राजस्थानले ३ विकेट जित निकाल्यो । राजस्थानको सिजनको चौथो जित लिकाल्दै ८ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो ।
अहमदाबादको प्रधानमन्त्री नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १७७ रन बनाएको थियो । १७८ रनको लक्ष्य राजस्थानले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो ।
राजस्थानका लागि कप्तान सञ्जु सामसनले ३२ बलमा ६० रन र शिमोरन हेटमायरले २६ बलमा ५६ रनको योगदान दिए ।
यसअघि गुजरातका ओपनर शुभमन गिलले ३४ बलमा ४५ र मिलरले ३० बलमा ४६ रनको उपयोगी इनिङ्स खेलेका थिए । कप्तान हार्दिक पाण्डेयले २८, अभिनव मनोहरले १३ बलमा २७ र साई सुदर्शनले १९ बलमा २० रन बनाए । बलिङतर्फ सन्दीप शर्माले दुई, युजभेन्द्र चहल, एडम जाम्पा र ट्रेन्ट बोल्टले एक–एक विकेट लिए ।
राजस्थानले गुजरातविरुद्ध पहिलो इनिङ्समा उत्कृष्ट बलिङ गरेको थियो । पावरप्लेमा नै टोलीले दुई विकेट लियो । यसले गुजरातलाई सुरुदेखि नै दबाबमा राखेको थियो।
कप्तान सञ्जु सामसनले आईपीएल करियरको १९ औं अर्धशतक पुरा गरे । सामसनको राजस्थान रोयल्सका लागि पनि ३ हजार रन पूरा भएको छ ।















जुम्लाको कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु
UML chair Oli undergoing health examinations at TUTH
ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने
ओली पक्राउ परेपछि एमाले केन्द्रिय सचिवालय बैठक च्यासलमा जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया