सोमबार, मंसिर १५, २०८२

आईपीएलमा गुजरातलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

मेरोन्यूज २०८० वैशाख ४ गते ६:४१

काठमाडौँ । राजस्थान रोयल्से इन्डियन प्रिमियर लिग–१६ मा साविक विजेता गुजरात टाइटन्समाथि पहिलो जित दर्ता गर्दै शीर्ष स्थानमा उक्लिएको छ । कप्तान सञ्जु सामसन र शिमरोन हेटमायरको अर्धशतकको मद्दतमा राजस्थानले ३ विकेट जित निकाल्यो । राजस्थानको सिजनको चौथो जित लिकाल्दै ८ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो ।

अहमदाबादको प्रधानमन्त्री नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १७७ रन बनाएको थियो । १७८ रनको लक्ष्य राजस्थानले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो ।

राजस्थानका लागि कप्तान सञ्जु सामसनले ३२ बलमा ६० रन र शिमोरन हेटमायरले २६ बलमा ५६ रनको योगदान दिए ।

यसअघि गुजरातका ओपनर शुभमन गिलले ३४ बलमा ४५ र मिलरले ३० बलमा ४६ रनको उपयोगी इनिङ्स खेलेका थिए । कप्तान हार्दिक पाण्डेयले २८, अभिनव मनोहरले १३ बलमा २७ र साई सुदर्शनले १९ बलमा २० रन बनाए । बलिङतर्फ सन्दीप शर्माले दुई, युजभेन्द्र चहल, एडम जाम्पा र ट्रेन्ट बोल्टले एक–एक विकेट लिए ।

राजस्थानले गुजरातविरुद्ध पहिलो इनिङ्समा उत्कृष्ट बलिङ गरेको थियो । पावरप्लेमा नै टोलीले दुई विकेट लियो । यसले गुजरातलाई सुरुदेखि नै दबाबमा राखेको थियो।

कप्तान सञ्जु सामसनले आईपीएल करियरको १९ औं अर्धशतक पुरा गरे । सामसनको राजस्थान रोयल्सका लागि पनि ३ हजार रन पूरा भएको छ ।

प्रतिक्रिया