आईपीएलमा चेन्नाईसँग बैंग्लोर ८ रनले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८ रनले पराजित गरेको छ ।
बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २२६ रन बनाएको थियो । जवाफमा बैंगलोरले ८ विकेट गुमाएर २१८ रन मात्रै बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको चेन्नईका लागि ओपनर डेभन कोनवेले ४५ बलमा ८३, शिवम दुबेले २७ बलमा ५२, अजिंक्य रहाणेले २० बलमा ३७ रन बननाए ।
बैंगलोरका लागि वायन पारनेल, विजयकुमार वैशाख, मोहम्मद सिराज, वानिन्दु हसरंगा, हर्षल पटेल र ग्लेन म्याक्सवेलले एक–एक विकेट लिए ।
२२७ रनको लक्ष्य पछ्याएको बैंगलोरले सुरुवाती ओभरमै २ विकेट गुमाएको थियो । त्यसपछि ग्लेन म्याक्सवेल र फाफ डु प्लेसिसले पारीलाई उकासे । ६१ बलमा १२१ रनको साझेदारी गरे ।
२२७ रनको लक्ष्य पछ्याएको बैंगलोरले सुरुवाती ओभरमै २ विकेट गुमाएको थियो । ग्लेन म्याक्सवेल ७६ र फाफ डु प्लेसिसले ६२ रन बनाए । आरसीबीका बाँकी ब्याट्सम्यानले ३६ बलमा ६७ रन बनाउन सकेनन् ।
चेन्नईका तुषार देशपाण्डेले ३ र मथिश पाथिरानाले २ विकेट लिए । आकाश सिंह, महिश तिक्षाना र मोइन अलीले १–१ विकेट लिए । चेन्नाईको जारी आइपीएलमा यो तेस्रो जित हो भने बैंग्लोरको तेस्रो हार हो ।
















पूजापाठ गरेर बालुवाटार सरे बालेन
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया