सोमबार, मंसिर १५, २०८२

एसीसी प्रिमियर कपमा नेपाल मलेसियासँग भिड्दै

मेरोन्यूज २०८० वैशाख ५ गते ७:१९

काठमाडौं । आजदेखि काठमाडौंमा सुरु हुने एसीसी प्रिमियर कपको उदघाटन खेलमा घरेलु टोली नेपालले मलेसियासँग खेल्दैछ । समूह ‘ए’ मा रहेको नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

समूह ‘बी’ अन्तर्गत हङकङ र सिंगापुरको खेल आजै मूलपानी मैदानमा हुनेछ । यसै खेलबाट मूलपानी मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो खेल हुनेछ ।

झण्डै एक दशकपछि पहिलो पटक एसीसीको प्रतियोगिता आयोजना अधिकार पाएको नेपालले आयोजक र टिमको रुपमा तयारी गरेको छ । नेपाल क्रिकेट संघ क्यानले टीयू र मूलपानी दुवै मैदानलाई तयार पारेको छ ।

प्रिमियर कपका लागि नेपालका तर्फबाट रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली घोषणा गरिएको छ । लिग टुमा पछिल्लो १२ खेलमा सानदार प्रदर्शन गरेको नेपाली टोली उत्कृष्ट लयमा छ । यस प्रतियोगिताको विजेता सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा खेल्न पाउने भएकाले पनि अझै विशेष छ ।

नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेमा ऐतिहासिक रुपमा एसिया कपमा छनोट भएर भारत पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ ।

मलेसियासँग २०२१ यता खेलिएका ५० ओभरको खेलमा २०१२ यता खेलिएका पाँच खेलमा नेपाल मलेसियामाथि हाबी छ ।

पछिल्लो पटक सन् २०१८ मा एसिया कपकै छनोटमा नेपालले मलेसियासँग उसैको मैदानमा खेलेको थियो । जहाँ ३० ओभरमा छोट्याइएको खेलमा नेपाल २१ रनले विजयी भएको थियो ।

टी–२० मा भने नेपालले मलेसियासँग २०२१ र २०२२ मा घरेलु मैदानमा त्रिकोणात्मक सिरिजमा २–२ खेल खेलेको थियो र सबै खेल नेपालले जितेको थियो ।

प्रतिक्रिया