एसीसी प्रिमियर कपमा नेपाल मलेसियासँग भिड्दै

काठमाडौं । आजदेखि काठमाडौंमा सुरु हुने एसीसी प्रिमियर कपको उदघाटन खेलमा घरेलु टोली नेपालले मलेसियासँग खेल्दैछ । समूह ‘ए’ मा रहेको नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।
समूह ‘बी’ अन्तर्गत हङकङ र सिंगापुरको खेल आजै मूलपानी मैदानमा हुनेछ । यसै खेलबाट मूलपानी मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो खेल हुनेछ ।
झण्डै एक दशकपछि पहिलो पटक एसीसीको प्रतियोगिता आयोजना अधिकार पाएको नेपालले आयोजक र टिमको रुपमा तयारी गरेको छ । नेपाल क्रिकेट संघ क्यानले टीयू र मूलपानी दुवै मैदानलाई तयार पारेको छ ।
प्रिमियर कपका लागि नेपालका तर्फबाट रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली घोषणा गरिएको छ । लिग टुमा पछिल्लो १२ खेलमा सानदार प्रदर्शन गरेको नेपाली टोली उत्कृष्ट लयमा छ । यस प्रतियोगिताको विजेता सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा खेल्न पाउने भएकाले पनि अझै विशेष छ ।
नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेमा ऐतिहासिक रुपमा एसिया कपमा छनोट भएर भारत पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ ।
मलेसियासँग २०२१ यता खेलिएका ५० ओभरको खेलमा २०१२ यता खेलिएका पाँच खेलमा नेपाल मलेसियामाथि हाबी छ ।
पछिल्लो पटक सन् २०१८ मा एसिया कपकै छनोटमा नेपालले मलेसियासँग उसैको मैदानमा खेलेको थियो । जहाँ ३० ओभरमा छोट्याइएको खेलमा नेपाल २१ रनले विजयी भएको थियो ।
टी–२० मा भने नेपालले मलेसियासँग २०२१ र २०२२ मा घरेलु मैदानमा त्रिकोणात्मक सिरिजमा २–२ खेल खेलेको थियो र सबै खेल नेपालले जितेको थियो ।
















वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, ६ घाइते
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा. वाग्लेलाई
प्रधानमन्त्री बालेनको पुर्ख्यौली गाउँमा उत्सव
यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु
प्रतिक्रिया