शनिबार, चैत १४, २०८२

सिटि होटलको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

मेरोन्यूज २०८० वैशाख ५ गते १०:५५

काठमाडौं । सिटि होटल लिमिटेडले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता शेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको हो।

जानकारी अनुसार आइपीओमा हाल सम्म ५ करोड ५७ लाख ७० हजार रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सोमबार बैशाख ४ गते साँझसम्म बैदेशिक रोजगारीमा गएका १९ हजार २०२ जना आवेदकले ५ लाख ५७ हजार ७ सय कित्ताका लागि आवेदन दिएका हुन् ।

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया