बहराइनले सिंगापुरलाई दियो २८७ रनको लक्ष्य
मेरोन्यूज
२०८० वैशाख ७ गते १३:२१

काठमाडौं । जारी एसीसी प्रिमियर कप अन्तर्गत समुह बि मा रहेको बहराइनले सिंगापुरलाई २८७ रनको लक्ष्य दिएको छ ।
त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिंग गरेको बहराइनले ५० ओभरमा ८ विकेट गुमाउदै २८६ रन बनाएको हो ।
बहराइनका लागि फैज अहमदले सर्बाधिक ७९ रन बनाएका थिए । त्यस्तै शाहबाज बाडरले ७६ रन बनाए भने सोहेल अहमदले ४६, कप्तान हैदर बटले २९ तथा मुहमद योउनिसले २३ रन बनाएका थिए ।
त्यसैगरी सिंगापुरका बलर रमेश कालिमुथु, थिलीपान ओमईदुरइ र विनोथ बास्करनले २-२ विकेट लिएका थिए ।
सिंगापुर यसअघि आफ्नो पहिलो खेलमा हङकङसँग पराजित भएको थियो भने बहराइनले आफ्नो पहिलो खेल खेलिरहेको छ ।
सम्बन्धित















योजना अधिकृत हमालको लेक लागेर मृत्यु
सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया