आईपीएलमा ६ खेल खेल्दा दिल्लीको पहिलो जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)मा दिल्ली क्यापिटल्सले ६ खेल खेल्दा पहिलो जित दर्ता गरेको छ । गयराति भएको खेलमा दिल्लीले कोलकता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो, जवाफमा दिल्लीले १९.२ ओभरमा ६ विकेट गुमाएर १२८ रन बनायो।
टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताका लागि लिटन दास ४, कप्तान नितिश राना ४, मनदीप सिंह १२, रिंकु सिंह ६, जेसन रोय ४३, आन्द्रे रसेलले ३८ रन बनाए । दिल्ली क्यापिटल्सका इशान्त शर्मा, एनरिक नोर्टजे, अक्षर पटेल र कुलदीप यादवले समान २–२ विकेट लिए ।
१२८ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सका कप्तान डेभिड वार्नरले अर्धसतकीय पारी खेले । उनले ४१ बलमा ११ चौकाको मद्दतमा ५७ रन बनाए । पृथ्वी शा १३, मिचेल मार्स २, फिल साल्ट ५, मनिष पाण्डे २१ रअक्षर पटेलले १९ रन बनाए ।
















Israel’s Foreign Minister congratulates Nepali counterpart
गैँडाकोटको हनुमान् मन्दिरलाई धार्मिक पर्यटन प्रवद्र्धन गरिँदै
सुनको मूल्य तोलामा ५ हजारले बढ्यो
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया