आईपीएलमा ६ खेल खेल्दा दिल्लीको पहिलो जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)मा दिल्ली क्यापिटल्सले ६ खेल खेल्दा पहिलो जित दर्ता गरेको छ । गयराति भएको खेलमा दिल्लीले कोलकता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो, जवाफमा दिल्लीले १९.२ ओभरमा ६ विकेट गुमाएर १२८ रन बनायो।
टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताका लागि लिटन दास ४, कप्तान नितिश राना ४, मनदीप सिंह १२, रिंकु सिंह ६, जेसन रोय ४३, आन्द्रे रसेलले ३८ रन बनाए । दिल्ली क्यापिटल्सका इशान्त शर्मा, एनरिक नोर्टजे, अक्षर पटेल र कुलदीप यादवले समान २–२ विकेट लिए ।
१२८ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सका कप्तान डेभिड वार्नरले अर्धसतकीय पारी खेले । उनले ४१ बलमा ११ चौकाको मद्दतमा ५७ रन बनाए । पृथ्वी शा १३, मिचेल मार्स २, फिल साल्ट ५, मनिष पाण्डे २१ रअक्षर पटेलले १९ रन बनाए ।









काँकरभिट्टा नाकाबाट आठ अर्बको निर्यात हुँदा १६ अर्बको आयात
जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र
एसिसी पुरुष यु-१९ प्रिमियर कप फाइनल : टस जितेर नेपालले यूएईविरुद्ध बलिङ गर्दै
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?
एड्ससँगै यौन रोग बढ्दाे क्रममा, चितवन जिल्लामा मात्र हजार दुई सय ४३ जना एड्स सङ्क्रमित
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
इन्डोनेसियामा बाढीमा परी मृत्यु हुनेको संख्या ८४ पुग्यो
प्रतिक्रिया