एसीसी प्रिमियर कप : नेपालले गुमायो तेस्रो विकेट
खाता नखोल्दै नेपालले गुमाएको थियो दुई विकेट

काठमाडौँ । एसीसी प्रिमियर कपमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले तेस्रो विकेट गुमाएको छ । १७ ओभर एक बलमा कप्तान रोहित पौडेल २३ रन बनाएर आउट भएका छन् । नेपाल १९ ओभरमा ६२ रन बनाएर खेलिरहेको छ ।
नेपालले एक रन पनि नबनाउँदै दुई विकेट गुमाएको थियो । नेपालले एक रन पनि नबनाउँदै ओपनर कुशल भुर्तेत र आसिफ शेखलाई गुमाएको हो ।
भुर्तेल दुई ओभर दुई बल र शेख ती ओभर चार बलमा आउट भएका छन् । नेपालले ती ओभर सकिदासम्म एक रन पनि बनाएको छैन ।
ओमानका कप्तान जिसन मक्सुदले टस जितेर पहिला फिल्डिङ रोजेसँगै नेपालले पहिला ब्याटिङ गरिरहेको छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट जारी छ ।
च्याम्पियनसिपको उपाधि दाबेदार नेपाल, ओमानलाई हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउन चाहन्छ।
नेपाल आजको खेलमा विजयी भए समूह ए को विजेता बन्दै अन्तिम चारमा प्रवेश गर्ने सम्भावना बलियो रहन्छ। नेपालसँगै ओमानलाई पनि उपाधि दाबेदार टोलीका रुपमा हेरिएको छ।
पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो।
नेपाल र ओमानबीचको यो खेलले एक दिवसीय मान्यतासमेत पाएको छ। नेपाल र ओमान दुवै ओडीआई मान्यता प्राप्त देश रहेकाले आईसीसीले यो खेललाई एक दिवसीय मान्यता दिएको हो।
यो खेल नेपालको ५०औँ ओडीआई खेल हो।









काँकरभिट्टा नाकाबाट आठ अर्बको निर्यात हुँदा १६ अर्बको आयात
जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र
एसिसी पुरुष यु-१९ प्रिमियर कप फाइनल : टस जितेर नेपालले यूएईविरुद्ध बलिङ गर्दै
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?
एड्ससँगै यौन रोग बढ्दाे क्रममा, चितवन जिल्लामा मात्र हजार दुई सय ४३ जना एड्स सङ्क्रमित
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
प्रतिक्रिया