माई खोला हाइड्रोपावरको आइपीओ खुल्यो

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणमा आइपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगार रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आइपीओ विक्री गरेको हो ।
कम्पनीले जारी पूँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ३९ प्रतिशतले हुन आउने १५ करोड २९ लाख रुपैयाँ बराबरको ११ कित्ता शेयर आईपीओ निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये ७६ हजार ४७९ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ भने ३० हजार ५८८ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। सो आईपीओमा बैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।















छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट
इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया