एसीसी प्रिमियर कपः १७२ रनमा नेपालको ६ विकेट गुम्यो

काठमाडौँ । एसिसी प्रिमियर क्रिकेट कपमा ओमानविरूद्ध भइरहेको खेलमा नेपालले ६ विकेट गुमाएको छ । नेपाल अहिले ३६ ओभरको समाप्तीमा १७४ रन बनाएर खेलिरहेको छ । नेपालले १७२ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो ।
नेपालका कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् । उनी अहिले ५२ बलमा ७७ रन बनाएर खेलिरहेका छन् ।
३० बलमा मल्लले ४ चौका र ५ छक्काको मद्दतमा अर्धशतक बनाएका थिए ।
यसअघि मलेसियासँगको खेलमा पनि मल्लले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय पारी खेलेका थिए।
मल्लको अर्धसतकसँगै नेपाल लयमा पनि फर्किएको छ।
३० ओभर सकिँदा नेपालले ४ विकेटको क्षतिमा १४२ रन जोडेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आफ्ना दुबै ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई शून्यमा गुमाएको थियो।
भूर्तेलले ८ बल र शेखले १० बल खेलेपनि दुबैले कुनै रन जोड्न सकेनन्।
यस्तै कप्तान रोहित कुमार पौडेल पनि २३ रन बनाएर पेबेलियन फर्किए भने भीम सार्की पनि ३३ रन जोडेर आउट भए।
















पूर्वप्रधानमन्त्री ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया