दोल्ती पावरको आइपीओ बाँडफाँड

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आज दिउँसो आइपीओ बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आइपीओमा कुल १३ लाख ८३ हजार ७ सय २४ जनाको आवेदन परेको थियो । जसमध्ये १२ लाख ६८ हजार ९ सय ४६ जना आवेदकको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेको योग्य रहेका आवेदकलाई गोलाप्रथामा सहभागी गराएर आइपीओ बाँडफाँड गरेको जनाएको छ ।
गोलाप्रथा मार्फत १ लाख २७ हजार १ सय ८६ जनाले शेयर पाएका छन् । यीमध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।
कम्पनीले चैत्र २८ गतेदेखि वैशाख ३ गतेसम्म सर्वसाधारणको लागि १२ लाख ७१ हजार ८ सय ८१ कित्ता शेयर निष्काशन गरेको थियो । यस अघि आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक, र कम्पनीका कर्मचारीमा शेयर बाँडफाँड गरिसकेको छ।















चिनियाँ प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री शाहलाई बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
जुम्लाको कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु
UML chair Oli undergoing health examinations at TUTH
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया